Section 7T
सूचक संस्थाको नियमन तथा सुपरीवेक्षण
(१) यस ऐन बमोजिम सूचक संस्थाले काम कारबाही गरे वा नगरेको सम्बन्धमा प्रचलित कानून बमोजिम स्थापित नियमनकारी निकायबाट नियमन तथा सुपरीवेक्षण हुनेछ । (२) कुनै सूचक संस्थाको नियमनकारी निकायको सम्बन्धमा प्रचलित कानूनमा कुनै व्यवस्था रहेनछ भने त्यस्तो सूचक संस्थाको नियमनकारी निकायको रुपमा कार्य गर्न नेपाल सरकारले राष्ट्रिय समन्वय समितिको परामर्शमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै निकाय वा नियमनकारी निकायको रुपमा रहेको कुनै संस्थालाई तोक्न सक्नेछ । (३) सूचक संस्थाको नियमन तथा सुपरीवेक्षण गर्ने सम्बन्धमा नियमनकारी निकायले प्रचलित कानूनमा उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त यस ऐन बमोजिमको काम, कर्तव्य र अधिकारको समेत पालना र प्रयोग गर्नु पर्नेछ ।